भारतमा एक जना चिकित्सकको मृत्यु, कोरोना खोपका कारण भएको परिवारको आरोप

डिसी नेपाल
५ माघ २०७७ ९:२२

काठमाडौं । भारतमा कोरोनाको खोपका कारण १ जनाको ज्यान गएको आरोप परिवारले लगाएको छ। उत्तरप्रदेशको मुरादाबादमा एक स्वास्थ्य कर्मीको मृत्यु भएको हो।
सरकारको निर्णय अनुसार जनवरी १६ तारिखमा अग्रपंतिमा रहेकाहरुलाई खोप दिइएको थियो। १६ जनवरीमा लगाएको खोपका कारण स्वास्थ्यकर्मी महिपाल सिंहको मृत्यु भएको परिवारले आरोप लगाएको छ।

भारतीय संचारमाध्यामका अनुसार सिंह मुरादाबादको जिल्ला अस्पतालमा कार्यरत थिए। कोरोनाको खोप लगाएपछि उनको स्वास्थ्यमा समस्या आएको थियो।

स्वास्थ्य समस्या भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएका ४६ वर्षीय सिंहको उपचारका क्रममा मृत्यु भएको हो। यस अघि भारतको स्वास्थ्यमन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना विरुद्ध लगाइने खोपको ‘साईड इफेक्ट’ भएको बताएको थियो।

स्वासथ्य कर्मी सिंह कोरोना संक्रमित थिएनन्। उनलाई शनिवार दिउसो १२ बजे कोभिसिल्ड भ्याक्सिन लगाइएको थियो। अस्पतलका प्रमुख चिकित्सकलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन्, ‘महिपाल सिंहलाई दिउसो भ्याक्सिन लगाइएको थियो। उनले रात्रिकालिन सिफ्टमा डिउटी गरेका थिए।’

संचारमाध्यामका अनुसार रात्रिकालिन सिफ्टमा काम गर्दासम्म पहिपाल ठिक थिए। उनीमा कुनै पनि नकारात्मक प्रभाव परेको थिएन। अहिले मृत्युको कारण पत्त लगाउनका लागि चेकजाँच भइरहेको जिल्ला अस्पताल मुरादाबादका प्रमुख चिकित्सकले जानकारी दिएका छन्।

तर, महिपालका छोरा विशालले भने, ‘खोप लगाएपछि बुवाको स्वास्थ्य ठिक थिएन। उहाँले मलाई दिउसो अस्पताल बोलाउनु भयो। मलाई अटो ल्याएर आउनु भन्नु भएको थियो । म अटो लिएर गएँ। उहाँले मोटरसाइकल चलाउन सक्नु हुन्थेन। उहाँलाई हलुका ज्वरो आएको थियो र स्वास प्रस्वासमा पनि समस्या भएको थियो। उहाँलाई घरमा ल्याएर चिया दिएँ। आराम गर्न भने आइतबार उहाँलाई अझ अफ्ठेरो हुँदै गयो। उहाँलाई अस्पताल लगियो। जहाँ डाक्टरले मृत्य घोषित गरे।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *