पिएमकप क्रिकेट : नेपाल पुलिस क्लबलाई १११ रनको लक्ष्य
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत किर्तिपुर स्थित टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदुर पश्चिम प्रदेश (सुपप्र)ले बिभागिय टोली नेपाल पुलिस क्लबलाई १११ रनको झिनो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुपप्रले निर्धारित ५० ओभरको खेलमा ३३ ओभर १ बलमै अलआउट भयो । टोलीका लागि ओपनर खड्ग बोहोराले ५३ बलमा ४० रन बनाउदै राम्रो सुरुवात दिलाउदा विकेट किपर सन्जु धामीले पनि ५८ बलमा ३५ रन बनाए । अरुण ऐरि (१३) र अर्जुन साउद (१०) रनमा आउट भएपछि सुपप्रको विकेट लगातार खस्यो । त्यसपछि टोलीका कुनैपनि खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन ।
सुपप्रलाई सस्तैमा रोक्न पुलिस क्लबका सागर ढकाल र राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरिले समान ४–४ विकेट लिए । दिपेन्द्रले ६ ओभर १ बलमा २ मेडन सहित मात्र १० रन खर्चिदा सागरले १० ओभरमा ३ मेडन सहित १८ रन खर्चिए ।
Facebook Comment