किर्तिपुर मैदानमा पवन सर्राफको तुफान, १३ बलमा अर्धशतक !

डिसी नेपाल
८ माघ २०७७ १२:३६

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अलराउण्डर पवन सर्राफले प्रधानमन्त्री कपअन्तर्गतको खेलमा किर्तिपुर मैदानमा तुफान ल्याइदिएका छन् । नेपाल पुलिस क्लवको तर्फबाट खेल्दै उनले केवल १३ बलको सामना गरेर अर्धशतक पूरा गरेका छन् । सबैभन्दा छिटो अर्धशतकको यो राष्ट्रिय किर्तिमान हो ।

४८ औं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरी आउट भएपछि ब्याटिङ गर्न आएका पवनले अन्तिमका २ ओभरमा मात्र ६ छक्का प्रहार गरेका थिए । कूल ६ छक्का र १ चौका प्रहार गरेका पवन १३ बलमा ५० रनको स्कोरमा नटआउट रहे । उनले बिक्रम भुसालको बलमा २ छक्का र सौरभ खनालको बलमा ४ छक्का प्रहार गरेका थिए । मात्रै २० वर्ष उमेरका पवनले राष्ट्रिय सिनियर टिमबाट धेरै खेलहरु खेलिसकेका छन् । सिनियर टिमको लागि उनले २ एकदिवसीय र १२ वटा टि–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

पवनको यो तुफानी इनिङसँगै नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशलाई ३११ रनको लक्ष्य दिएको छ । पुलिस क्लवका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले १४५ बलमा १०४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ८५, अमित श्रेष्ठले २८ रन बनाए । आरिफ शेख २९ रनमा नटआउट रहे । लुम्बिनीका लागि कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनाल सबैले १–१ विकेट दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *