बर्माका अभिनेता भिक्षु पोशाकमा, तस्वीर भयो भाइरल

डिसी नेपाल
९ माघ २०७७ ११:३३

काठमाडौं। बर्माका २४ वर्षीय अभिनेता, मोडल तथा गायक पेइङ ताखोनका भिक्षु पोशाकको तस्वीर सामाजिक सञ्जालमा भाइल भइरहेको छ।

केही समयअघि ताखनले भिक्षुको पोशाकको तस्वीर इन्स्टाग्राम पोस्टमा ‘१० दिनका लागि भिक्षु भएर मेरो नयाँ वर्ष २०२१ खर्च गरे र मैले शान्मिय महसुस गरेँ र आफैंलाई बढी चिनेँ’ भनेर क्याप्सन लेखेपछि अहिले एसियाको सामाजिक सञ्जालमा निकै चर्चा भएको छ।

सार्वजनिक गरेको तस्वीर अहिले निकै चर्चामा छ। ताखोनका प्रशंसकहरु रातारात बढ्न थालेका छन्। ताखोनको तस्वीरमा प्रशंसकहरुले “हट भिक्षु” शीर्षक लेख्र्दै आफनो टिकटकको भिडियोमा पोस्ट गरिरहेका छन्।

 

View this post on Instagram

 

A post shared by Paing Takhon (@paing_takhon)

उक्त तस्वीर १२ जनवरी इन्स्टाग्राममा पोस्ट भएदेखि यतिबेला ताखोन इन्टरनेटको सबैभन्दा नयाँ प्रेमी बन सफल भएका छन्। उनले भिक्षु पोशाक लगाएर आफनो १० दिन बिताएका थिए, जुन अहिले अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।

म्यानमारको विभिन्न फिल्म र वृत्तचित्रलगायत नाटक श्रृंखलामा समेत सहभागिता रहेका ताखोनले म्यानमार टाइम्सको १० औँ अभिनेताको शीर्ष स्थानसमेत हासिल गरेका थिए। सन् २०१४ देखि मोडलको रुपमा आफनो करियरको शुरुवात गरेका ताखोन ओप्पो र सफ्ट ड्रिंक सनकिस्ट जस्ता ब्रांडका राजदूतसमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *