प्रधानमन्त्री कप क्रिकेटः एपीएफले कर्णालीलाई हरायो, सुदुरपश्चिम बाहिरियो

डिसी नेपाल
१० माघ २०७७ १६:४७

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा एपीएफले कर्णालीलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा एपीएफले कर्णालीलाई ७१ रनले पराजित गरेको हो ।

एपीएफले दिएको २१९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनायो । कर्णालीका हेमन्त ओलीले ५८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै हिमान्सु शाहीले २० रन बनाउँदा अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । एपीएफका किशोर महतो र बसन्त रेग्मीले समान ३/३ विकेट लिए । यस्तै भुवन कार्कीले २ तथा शरद भेषावकरले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो । त्यसका लागि सन्दीप जोराले ६० रन बनाए । यस्तै अमर रौतेलाले ३१ तथा सुवास खकुरेलले २३ रन बनाए । कर्णालीका अनुज चुनार र रविन्द्र शाहीले ३÷३ विकेट लिए भने दिवान पुन र राज शाहले २/२ विकेट लिए ।

यस्तै मूलपानी मैदान भएको अर्को खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीले ६३ रनको विजय लक्ष्य १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।

समूह ‘बी’ मा रहेको लुम्बिनी तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । यस्तै सुदूरपश्चिम हालसम्म खेलेका तीन खेलमै पराजित भई अङ्कविहीन अवस्थामा छ । सुदूरपश्चिम प्रतियोगिताबाटै बाहिरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *