रोनाल्डोले वार्षिक ८४ करोड रुपैयाँ बराबरको अफर त्यागे, मेस्सीकहाँ पुग्यो अफर
काठमाडौं। क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको पर्यटनको सद्भावना दूत बन्नको लागि आएको वार्षिक ५.३ मिलियन पाउण्ड (८४ करोड रुपैयाँ) बराबरको अफर त्यागेका छन् । तर, साउदी अरेबियाले आफ्नो पर्यटनको अगाडि देखिने अनुहारको रुपमा विश्वस्तरीय फुटबलरलाई ल्याउने आशा त्यागेको छैन । अब साउदीले अर्का स्टार फुटबलर लियोनेल मेस्सीलाई यही अफर दिएको छ ।
द टेलिग्राफका अनुसार यो अफरमा खेलाडी साउदी अरेबिया जाने र साउदीले प्रचारप्रसारको लागि प्रयोग गर्ने सामग्रीहरुमा उनको तस्वीर प्रयोग गरिने शर्तसमेत समावेश छ । तर, ३५ वर्षका युभेन्टस स्टारले भने यो अफर पास गर्ने निर्णय गरेका छन् । साउदी अरेबियाको मानवअधिकार उल्लंघनका रेकर्डको बीचमा उसले विश्वस्तरीय खेलाडीहरुलाई आकर्षित गर्न थालेपछि यस विषयमा चिन्ता बढेको हो ।
फर्मुला वन रेसका मालिकहरुले अर्को वर्षको पेनल्टीमेट रेस साउदी अरेबियामा गर्ने निर्णय गरेपछि उनहिरुको पनि आलोचना भएको छ । एन्थोनी जोसुआ र एन्डी रुइज जुनियरको रिम्याच साउदीमा गर्ने निर्णयप्रति एम्लेस्टी इन्टरनेशनलले आपत्ति जनाएको छ ।
Facebook Comment