एउटै बलमा एउटै ब्याट्सम्यान २ पटक रन आउट (भिडियोसहित)
काठमाडौं। अस्ट्रेलियाको बिग बाश लिगमा एउटा निकै अद्भूत दृश्य देखिएको छ । यहाँ एक जना ब्याट्सम्यान एउटै बलमा २ पटक रन आउट भएका छन् । आज भएको एडिलेड स्ट्राइकर्स र सिड्नी थण्डर्सबीचको खेलमा एडिलेड स्ट्राइकर्सका ब्याट्सम्यान जेक वेदराल्ड २ पटक रनआउट भएका हुन् ।
If 2020 were a dismissal ??#BBL10 pic.twitter.com/qTdIgpPsZl
— ICC (@ICC) January 24, 2021
१० औं ओभरको पाँचौं बलमा फिल साल्ट स्ट्राइकमा थिए । क्रिस ग्रिनको बलमा साल्टले सिधा सट खेले । बल रोक्ने प्रयासमा बल ग्रिनको हातमा लाग्यो र बल गएर स्टम्पमा लाग्यो । बल स्टम्पमा लाग्दा वेदराल्डको ब्याट हावामा थियो र उनी रनआउट भएका थिए । तर अलमलका बीच ब्याट्सम्यानहरु रन लिन दौडिए ।
रन लिने क्रममा अर्को इण्डमा नपुग्दै वेदराल्डलाई विकेटकिपर साम बिलिङसले रनआउट गराए । खासमा वेदराल्ड दुवै पटक दुवै इण्डमा रन आउट भएका थिए । तर, नियमअनुसार पहिलो रनआउट गणना हुने भएकोले क्रिस ग्रिनको हातमा लागेर गएको बलले भएको रन आउट गणना गरियो । खेल भने एडिलेड स्ट्राइकर्सले ६ रनले जितेको छ ।
Facebook Comment