आज बलिउड सुपस्टार शारुख खानको जन्मदिन ! जान्नुहोस्, उनको जिवनका महत्वपूर्ण सफलता
काठमाण्डौ । आज किंग खान अर्थात बलिउडका सुपस्टार सारुख खानको जन्मदिन । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका शाहरुख आजबाट ५३ वर्षमा प्रवेश गरेका छन् । शाहरुखलाई बलिउड फिल्म क्षेत्रको एक खम्बा मानिन्छ ।
उनले हासिल गरेका केही महत्वपूर्ण सफलता ः-
१. शाहरुख भारतका सर्वाधिक तथा विश्वकै धनि कलाकार समेत हुन् । उनको सम्पत्ति ६०० मिलियन डलरभन्दा माथि छ ।
२. उनले हालसम्म सर्वाधिक २९ पटक उत्कृष्ट नायकको अवार्ड जितिसकेका छन् ।
३. शाहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाइ गरेका थिए ।
४. र्फोब्सको ‘मिडिल इस्ट’ विशेषको कभरपेजमा अटाउने उनी पहिलो भारतिय कलाकार हुन् ।
५. उनी विश्वका एकमात्र त्यस्ता नायक हुन्, जसको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएगें’ झण्डै २० वर्षसम्म एकै सिनेमा घरमा लगातार चलेको थियो ।
६. एक्लो मिहेनत र परिश्रमकै कारण पारिवारिक आशिर्वाद बिना यो उचार्इमा पुग्ने उनी एकमात्र भारतीय कलाकार हुन् ।
७. ‘रोमान्स किंग’ को छविपछि एक्सन फिल्ममा देखिन थालेका उनका पछिल्ला दुई फिल्म ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ले बक्सअफिसमा कमार्इको नयाँ रेकर्ड बनाएका थिए ।
८. फिल्म, क्रिकेट टिम, प्रोडक्सन कम्पनीको कारण मात्र नभई विज्ञापनबाट समेत उनको कमार्इ अत्याधिक छ । भारत तथा विश्वका धेरै टप ब्राण्डका लागि विज्ञापन खेलिसकेका उनी विज्ञापनबाटै सर्वाधिक आम्दानी गर्ने गर्छन ।
९. जव सारुख खान मुम्बई आएका थिए तव उनको साथमा मात्र ३०० रुपयाँ थियो । अहिले उनि २०० करोडको आलिसान महलमा बस्छन् ।
Facebook Comment