नेकपा विवादबारे निर्वाचन आयोगको निर्णयः पुरानै कमिटीलाई मान्यता

डिसी नेपाल
११ माघ २०७७ २१:०८

काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको विवाद निरुपण गर्दै निर्वाचन आयोगले पुरानै कमिटीलाई कायम गरेको छ। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै कायम गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘आयोगको आज (आइतबार) बसेको बैठकले दुबै अध्यक्ष रहेको साविककै पार्टीलाई कायम राख्ने निर्णय भएको छ। र यो निर्णय दुबै अध्यक्ष (ओली र प्रचण्ड)लाई जानकारी गराउने भन्ने भएको छ।’

निर्वाचन आयोगको यो निर्णयसँगै नेकपा विभाजन नभएको मानिएको छ। र प्रचण्ड–माधव समूहले ओलीलाई साधारण सदस्यसमेतबाट हटाउने गरेको निर्णय, माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय आयोगले रद्द गरिदिएको छ। त्यस्तै ओली समूहले साविकको केन्द्रीय कमिटी विस्तार गर्दै १५ सय सदस्यीय बनाएको कमिटीलाई पनि खारेज गरिदिएको छ।

अहिले पार्टी विभाजन नभए पनि दुई समूह छुट्टाछुट्टै बैठक बस्दै आएका छन्। र एक समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनमा छ भने अर्को समूह सो निर्णयको बचाउमा लागेको छ। र दुबै समूहको नेताहरुले एकअर्काप्रति आक्रामक अभिव्यक्ति दिने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *