नेप्से आजसम्मकै उच्च विन्दुमा, करिव ९ अर्ब बराबरको कारोबार
काठमाडौं। केही दिनयता निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि बढेको छ। साताको दोस्रो दिन सोमबार नेप्से १६ दशमलव ०४ अंकले बढेको छ।
यो सँगै नेप्से परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ बिन्दुमा बन्द भएको छ। जुन हालसम्मकै उच्च विन्दु हो।
सोमबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २४ प्रतिशत अंकले घटेको छ।
सोमबार २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा सेयर बजारमा ८ अर्ब ९० करोड ३५ लाख भन्दा धरै कारोबार भएको छ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने बाँकी घटेका छन् ।
प्रतिक्रिया
Facebook Comment