काँग्रेस बैठक : पौडेल समूह आन्दोलन घोषणा गर्ने अडानमा

डिसी नेपाल
१३ माघ २०७७ १२:३६

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पटक पटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ।
यसअघि गृह कार्य पूरा नभएको भन्दै स्थगित भएको बैठक मंगलबार बस्न लागे पनि केन्द्रीय सदस्यहरुलाई ठोस एजेण्डा भने दिइएको छैन।

तर, सभापति शेरबहादुर देउवा निकट स्रोतले मंगलबारको बैठकमा पार्टीको महाधिवेशनबारे केही निर्णय हुन सक्ने सम्भावना रहेको बताएको छ। स्रोतका अनुसार मंगलबार क्रियाशील सदस्यता छानविन समिति गठनको प्रस्ताव बैठकमा पेश हुने बतायो।

उता वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने नीतिका साथ बैठकमा प्रस्तुत हुने भएको छ। पौडेल समूहले मंगलबारको बैठक अघि नै कसरी प्रस्तुत हुने भनी आपसी छलफलसमेत गरेको छ।

काँग्रेसले दुई चरणको आन्दोनल गरिसकेको छ भने तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेको छैन। पौडेल समूहले मंगलबारको बैठकमा पौडेल समूहले आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने पक्षमा कडा रुपमा प्रस्तुत हुने तयारीमा छ।

काँग्रेसमा पौडेल पक्ष प्रतिनिधिसभा विरुद्ध कडा आन्दोलन गर्नुपर्ने लाइनमा उभिएको छ भने सभापति देउवा आन्दोलन गरे पनि प्रतिनिधिसभा विरुद्ध नरम रुपमा प्रस्तुत भइरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *