नेपालमा कोरोना खोप आएपछि पर्यटन क्षेत्र सुरक्षित : पर्यटन बोर्ड
काठमाडौं । कोरोना खोप आगमनसँगै नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित गन्तव्यको रुपमा हेरिएको छ। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालमा दोस्रो लहरको कोरोना संक्रमण प्रवेश गरे पनि थप नदेखिएका कारण पर्यटकका लागि अब नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा सहज हुन सक्ने बताएका छन्।
निर्देशक लामिछानेका अनुसार नेपालमा आएका पर्यटकको लागि सुरक्षाका मापदण्ड कार्यन्वयन गरेको छ छैन हेर्न पर्यटन बोर्डले अनुमगन समिति गठन गरेको छ। नेपाल भित्रिने पर्यटकलाई मध्यनजर गर्दै बोर्डले पर्यटकका लागि १२ वटा स्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको छ।
जसअन्तर्गत भीसा अनअराइभल गरिने, पीसीआर रिपोर्टसँगै पीसीआर रिटेष्ट गर्नुपर्ने, नेपाल भारत ट्राभल बबल, पदयात्रामार्फत प्रवेश, पुनःपीसीआर रिटेस्ट गर्नुपर्ने रहेको छ।
त्यस्तै, खोप लगाएको प्रमाणपत्र, पर्यटन गतिविधि सूचारु, कोभिड हेरविचार केन्द्र, भ्रमण बीमा, पर्यटकका लागि अनअराइभल भीसाको डकुमेन्ट्री चाहिने र आगन्तुक पर्यटकलाई नै भीसा उपलब्ध गराउने स्वास्थ्य सुरक्षाका मापदण्ड बनाइएका छन्।
विश्वमा कोरोनाको महामारी सुरुभएपछि पर्यटन क्षेत्र पनि उत्तिकै प्रभावित भयो। नेपालमा २०२० को जनवरीमा ‘नेपाल भ्रमण वर्ष २०२०’को औपचारिक सुरुवात भए पनि कोरोनाले गर्दा सम्पन्न हुन सकेन।
१५ लाख पर्यटन भित्र्याउने अपेक्षा सहित २०१७ देखि नै नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी भएको थियो। २०२० मा तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने भनि घोषणा गरेका थिए।
चैत्र ११ गतेदेखि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन सुरु ग¥यो। लकडाउन साउनमा औपचारिक अन्त्य भएपनि कोरोनाको जोखिम कायम रहेको भन्दै पर्यटन क्षेत्रलाई खुल्ला गरिएको थिएन।
तर, गत बुधबार नेपालमा कोरोनाको खोप लगाउन थालेपछि अब भने पर्यटन क्षेत्र पनि सलबलाएको छ। पर्यटन बोर्डले खोप आएपछि नेपालमा पर्यटन बढ्ने विश्वास व्यक्त गरेको छ।
Facebook Comment