जनताले सास्ती पाएको हेर्न प्रचण्ड गाडी चढेर गएछन् : प्रधानमन्त्री ओली

डिसी नेपाल
२२ माघ २०७७ १६:१२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले गरेको बन्दप्रति कटाक्ष गरेका छन्। बिहीबार किसान महासंघको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सास्ती दिने बन्द गरेर प्रचण्ड आफू गाडी चढेर जनताले सास्ती पाएको रमिता हेर्न गएको बताएका हुन्।

‘जनतालाई सास्ती दिने गरी बन्द गर्ने अनि जनताले पाएको सास्ती हेर्न उहाँ (प्रचण्ड) गाडी चढेर रमिता हेर्न जानु भएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्का माधव नेपाललाई गाडी चढेरै जान अलि शरम भएछ उहाँ बाइक चढेर रमिता हेर्न जानु भएछ।’

कार्यकर्ता कम भएका कारण उनीहरु आफैं बन्दमा सहभागी भएको ओलीको टिप्पणी थियो। ‘कार्यकर्ता सिद्धिए छन्,’ ओलीले भने, ‘कार्यकर्ताजति यता (आफूतिर) छन्। उहाँहरुको पक्षमा कार्यकर्ता भएको आन्दोलनमा जानू।’

प्रधानमन्त्री ओलीले प्रचण्ड आक्रामक गरी आउने र धाकधक्कु लगाउने गरेको भन्दै धक्कु नलगाउने चेतावनी दिए। ‘अहिले कानुनको राज छ, संविधान मान्दिन, कानुन मान्दिन भन्ने दिए गए,’ प्रधानमन्त्री ओलीले भने। प्रचण्डले कहिले अदालतलाई धम्याएको त कहिले निर्वाचन आयोगलाई धम्क्याएको भन्दै कानुनी राजमा कसैलाई धम्की दिन नमिल्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले जनता धरै बुझ्ने भएको तर केही नेता अझै पनि अबुझ भएको टिप्पणी गर्दै ठूलो सुँढ भएका नेता अहिले केही नबुझेर सडकमा गएर बसेको टिप्पणी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *