‘माउन्ट केटू’मा राष्ट्रिय झण्डा फहराउँदा भावुक भएको थिएँ : मिङमा ग्याल्जेन शेर्पा

डिसी नेपाल
२३ माघ २०७७ ७:३१

काठमाडौं। विश्वको दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटू’ पाकिस्तानमा छ। सर्वोच्च शिखर सगरमाथामा चढ्ने पहिलो नेपाली, पहिलो विदेशी, दोहो¥याएर चढ्ने व्यक्ति सबैमा अरुकै नाम आउँछ। सन् २०१९ को अन्तसम्म हामी बेरोजगार भएर बसेका थियौं।

२०२१ सम्म हाम्रो अवस्था के हुन्छ भन्ने थाहा थिएन। साथिभाइसँग मैले नै ‘माउन्ट केटू’को आरोहणका बारेमा प्रस्ताव गरे। हिउँदको सिजमा हिउँकोमात्र वर्षा हुने स्थान हुन हिमालयहरु। हाम्रो वातावरणमा सामान्य चिसो छाउँदा हिमालयहरुम हिमपात सुरु हुन्छ।

हिमपहिरो, खोला अहो ! सम्झँदा डर पो लाग्छ त? तर पनि हामिले समर सिजनमा नै ‘माउन्ट केटू’ आरोहणका गर्ने योजना बनायौं। हामी २०२० को डिसेम्बर ६ तारिखमा नेपाल छोडेर केटू आरोहणका लागि प्रस्तान ग-यौं। पाकिस्तानमा रहेको नेपाली दूतावास, त्यहाँको साथीहरुले सहयोग गर्नु भयो।

हामी जनवरी १६ तारिखको विहान २ बजे क्याम्प ३ बाट हिडेका थियौं। बेलुकी ५ बजे केटूको शिखरमा थियौं। हिमाल चड्नु मेरालागि कुनै नयाँ अनुभव त हैन। तर, जव १० जनाको टोलीसँग गएँ। देशको राष्ट्रिय गान त्याहाँ बजाइयो, जब देशको झण्डा फहराइयो त्यो बेलामा भावुक बनायो। त्यो खुसी त छँदै छ।

हामीलाई घर परिवारका सदस्यलाई फकाउन साह्रै  गाह्रो भएको थियो। यति गाह्रो भयो कि जति माउन्ट केटू आरोहण अप्ठ्यारो भएन। सामान्यतः हिमालयको यात्रा जोखिपूर्ण नै हुने गर्छ। त्यसैले पनि परिवारका सदस्यहरुले हामीलाई सजिलै अनुमति दिएका थिएनन्। मैले ‘माउन्ट केटू’ चड्ने प्रोजेक्टका बारे आफ्ना साथीहरुसँग कुरा गरेँ। सबैले सकारात्मक चासो देखाए। योजना अनुसार सजिलो थिएन।

कोरोनाका कारण चरम आर्थिक संकट र बेरोजगारीका कारण कसैले पनि ठूलो रकम दिन तयार नभएको मैले महशुस गरेँ। साथीहरुबाट कुनै सम्भावन नभएपछि मैले आफैले ठूलो रकम खर्च गरेँ। २०१९ को नोबेम्बरसम्म बेरोजगारी भएका हामीलाई २०२१को यो अवस्थामा के हुने भन्ने थाहा थिएन।

तर, पनि प्रोजेक्ट तयार भएका कारण आफैले ठूलो रिस्क लिएँ। मैले म सँगै एउटै ठाउँमा जन्मे हुर्केका तीन जना शेर्पा साथीहरुलाई पनि साथमा लाने निर्णय गरेँ। तर, तीन जना शेर्पामध्ये एक जना साथीले माउन्ट केटू नचढ्ने निर्णय गरे। अरु दुई जना पनि दुविधामा परेका थिए, उनीहरु दुबै जनाका पत्नीहरुले माउन्ट केटू नचढ्ने दबाब दिइरहेका थिए।

उनीहरुको यस्तो खालको निर्णयले मलाई निकै ओझेलमा पारेको थियो। किनभने पाकिस्तानको माउन्ट केटू आरोहणको अनुमति लिन चारदेखि छ हप्तासम्मको समय लाग्ने भएकाले अन्तिम समयमा आरोहण गर्ने सदस्य परिवर्तन गर्न सकिँदैन थियो।

यद्यपि, आरोहणको अनुमति लिन समय नलाग्ने भएको भए आरोहण गर्ने सदस्य परिवर्तन गर्न मलाई कुनै समस्या हुँदैन थियो। किनभने मेरो प्रोजेक्टमा धेरै जना आरोहण गर्ने साथीहरुले रुची देखाइरहेका थिए। मैले प्रोजेक्टमा प्रायोजक मात्र नगरेर टिमका आरोहिलाई आरोहणका समानहरु पनि सहयोग गरे।

त्यसपछि हतारहतार उनीहरुले आफनो सोच बदल्नु अघि नै उनीहरुलाई माउन्ट केटू चढ्न विश्वास दिलाएँ। माउन्ट केटूको आरोहणले जीवनमा नयाँ उर्जा प्रदान गरेको छ। हामी नेपालको १० जनाले चिसो मौसममा माउन्ट केटू चड्नेमा पहिलो भनेर नाम दर्ता गर्न सफल भयौं। यो नै खुसिको विषय हो।

शेर्पासँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *