प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्नः चिकेन चिल्ली खान्छु भनेको हो ?

डिसी नेपाल
२३ माघ २०७७ १४:३८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकल दाहाल प्रचण्डलाई इंगित गर्दै ‘चिकेन चिल्ली खान्छु भनेको हो ?’ भनेर प्रश्न गरेका छन् । दाहालले केही समयअघि अब शाकाहारी आन्दोलनले पुगेन अब मांशाहारी आन्दोलन गर्नुपर्छ भनेकोतर्फ इंगित गर्दै प्रधानमन्त्रीले भने ‘मांशाहारी आन्दोलन भनेको के हो ? चिकेन चिल्ली खान्छु भनेको हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो ।

प्रधानमन्त्रीले अब नरभक्षी आन्दोलनको समय गइसकेको भन्दै अब नरभक्षी आन्दोलन कसैले गर्न नसक्ने बताए । ‘अब शान्तिपूर्ण नेपाल रहन्छ नरभक्षी आन्दोलन गर्छु भनेर कसैले नसोचे हुन्छ’ प्रधानमन्त्रीले भने । हिजोको बन्दको क्रममा भएको क्षतिको क्षतिपूर्ति सरकारले दोहोर्याउँदै प्रधानमन्त्रीले भने ‘उहाँहरुले बदमासी गर्नुहुन्छ हामीले क्षतिपूर्ति दिन्छौं ।’ बीमा भए बीमा कम्पनीले क्षतिपूर्ति दिने र सरकारले बीमा कम्पनीलाई क्षतिपूर्ति दिने बताउँदै उनले भने ‘नभए यो देशमा गरिबहरुलाई हेर्ने सरकार छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *