संवैधानिक निकायमा नियुक्तिको विषयमा सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

डिसी नेपाल
२३ माघ २०७७ १५:०३

काठमाडौं। संवैधानिक निकायमा नियुक्तिको विषयमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । संवैधानिक आयोगहरुमा गरेको विभिन्न नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै आज अदालतले सरकारसँग लिखित जवाफ मागेको हो । न्यायाधीश कुमारप्रसाद रेग्मीको एकल इजलासले सरकारलाई १५ दिनभित्र नियुक्ति गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

सरकारले हालै विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारीहरु नियुक्त गरेको थियो । सरकारको नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ २० गते सर्वोच्च अदालतमा रिट हालेका थिए । रिटमा त्रिपाठीले यी सबै नियुक्ति संसदीय सुनुवाइबिना भएकोले असंवैधानिक भएको दावी गर्दै नियुक्ति खारेजीको माग गरेका थिए । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संवैधानिक परिषदलाई विपक्षी बनाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *