स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा रायो भालेसानो पराजित
काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे भने ओसुमाने डेम्बेलेले १ गोल गरे । त्यस्तै भालेसानोका लागि भने जोसे पोजो र अल्भारो ग्रासियाले १/१गोल गरेका थिए ।
खेलको ११औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ३५औं मिनेटमा पोजोले गोल गर्दै भालेसानोलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।
पहिलो हाफमा १–१ गोलको बराबरीमा खेल सकिएको थियो भने दोस्रो हाफमा बार्सिलोनाले २ गोल थप्दा भालेसानोले १ गोल मात्रै गर्न सक्यो । खेलको ५७औं मिनेटमा ग्रासियाले गोल गरेपछि भालेसानो २–१ गोलले अघि रहेको थियो । तर, भालेसानोले खेलेको अन्त्यतिर आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको थियो ।
८७औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको स्थितिमा पुर्याएका थिए । खेलको ९०औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले विजयी गोल गरे । उनले ब्यतिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले खेल ३–२ गोलअन्तरले जितेको हो ।
जितसंगै शीर्ष स्थानमा निरन्तर रहेको बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ भने भालेसानोले ६ मात्रै बनाएको छ ।
Facebook Comment