एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य रु २ र एलपी ग्यासको मूल्य रु २५ ले वृद्धि गरेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु ११२ तथा डिजेल र मट्टीतेलको रु ९५ पुगेको छ । यस्तै, एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य रु रु १४०० रुपैयाँ कायम गरिएको छ भने हवाई इन्धनको मूल्य यथावत् रहेको छ ।
अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment