नेपाली मजदुर एकता समाजले सरकारलाई बुझायो १३ बुँदे ज्ञापनपत्र

डिसी नेपाल
२९ माघ २०७७ १९:३२

काठमाडौं । नेपाली मजदुर एकता समाजले बिहिबार सरकारलाई ज्ञापन पत्र बुझाएको छ । स्वदेश तथा विदेशमा अस्थायी रोजगारी गरिरहेका मजदुरहरुलाई कोरोना माहामारीका कारण संकटमा परेको भन्दै पूनः व्यवस्थापनको पहल गर्नका लागि समाजका संस्थापक केन्द्रीय अध्यक्ष तेज बहादुर कार्कीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष देव बहादुर पुन, जापान संयोजक तथा केन्द्रीय सदस्य तेज कुमारी तिवारी लगायतको टोलीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मार्फत सरकारलाई १३ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

समाजले स्वदेशदेखि विदेशमा अलपत्र परेका कामदारलाई निःशुल्क औषधोपचार तथा उचित राहत प्याकेज ल्याउन, नेपाली श्रमिकको २४ घण्टे जीवनबिमा, कामदार पठाएर अलपत्र पार्ने म्यानपावर र कामदार लगेर अलपत्र पार्ने कम्पनीलाई कामदारको उजुरी आउनासाथ रेडजोनमा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन लगायतको माग गरेको छ ।

यस्तै, खाडी मुलुकमा नेपाल सरकारको तर्फबाट कुनै पनि श्रमिक आवासगृह नभएको भन्दै नेपाल सरकारको तर्फबाट तत्काल आवासगृहको व्यवस्था गर्न, प्रवासी नेपाली श्रमिकले समेत मतदान गर्न पाउने नागरिकको अधिकार ग्यारेन्टी गर्न, अन्लाईन बाट नै मतदान गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ ।

प्रवासमा विभिन्न कारण मृत्यु भएका श्रमिकको परिवार लाई अनिवार्य शिक्षा स्वास्थ र रोजगार को ग्यारेन्टी सरकारले गर्नुपर्ने र नेपाली श्रमिक कार्यरत कम्पनीमा नेपाल सरकारको तर्फबाट अनुगमन गरिनुपर्ने लगाएत माग पनि समाजले ज्ञापन पत्रमार्फत माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *