प्रचण्ड, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, अशोक राई एउटै मञ्चमा
![प्रचण्ड, रामचन्द्र पौडेल, बाबुराम भट्टराई, अशोक राई एउटै मञ्चमा](https://www.dcnepal.com/wp-content/uploads/2021/02/70ac32a7f8a5c5b2871109478f8c9f661613223220.png)
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताएका छन्।
शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा लिखित पुस्तक गुमनाम आमाहरुको कथा को लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षाको हमला भएकोले प्रतिवाद गर्ने ठाउँमा रहेको बताए। यसको निम्ति मोर्चा खोलिसकिएको उनको भनाई छ। उनले नेपालको संविधान पूर्ण छ भनेर आफुले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताए।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आत्मविश्वासको संकट भएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमती माथि विश्वास घात गरेको उनको भनाई छ।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनयुद्धको जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्नु नहुने बताए। जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उहाँले जनयुद्धको योगदानको सहि मुल्यांकन गर्नुपर्नेमा जोड दिए।
जनता समाजवादी पार्टीका नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याई रहेको बताए। बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति सम्झौताले पूर्णविराम लगाएको भएपनि वैचारिक, सैद्धान्तिक हिसाबको दुई खालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ। हिमालय टाइम्स दैनिकबाट
Facebook Comment