सक्रिय हुन थाल्यो महिला आयोग

डिसी नेपाल
३ फागुन २०७७ १५:४१

काठमाडौं। महिला सम्वद्ध विविध विषयलाई लिएर राष्ट्रिय महिला आयोगले सक्रियता देखाउन थालेको छ। झण्डै चार वर्ष खाली रहेर केही दिन अघि पदाधिकारी पाएपछि आयोगको सक्रियता बढेको हो।

केही समयअघि अध्यागमन विभागले ४० वर्ष उमेरभन्दा तलका महिला भिजिट भिसामा विदेश जाँदा अनिवार्यरुपमा परिवार र स्थानीय वडाको स्वीकृति चाहिने गरी कार्यविधि ल्याउन लागेको सूचना बाहिरीएपछि विभाग विवादमा परेको थियो। सोही विषयलाई लिएर आयोगले महिला विज्ञहरुसँग छलफल गरेको छ।

महिलालाई विभेद गरिने खालको कार्यविधि आउन लागेको सम्बन्धमा मिडिया र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अध्यागमन विभागले विज्ञप्ति प्रकाशित गर्दै त्यसमा सत्यता नरहेको स्पष्ट पारेको थियो। तर नेपाली चेलीहरुलाई ललाई फकाई खाडी र अफ्रिकन राष्ट्रमा समेत पुर्याएर बिचल्ली पारेको घटना पनि सार्वजनिक भएका कारण कार्यविधि कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल आयोजना गरिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले जानकारी दिइन्।

सहभागी विज्ञहरुको भेलाले संयुक्त राष्ट्र संघको महिला समिति (सीड), मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपालको संविधानमा महिलासम्बन्धी गरिएको कानुनी अधिकार बाहिर गएर महिलाप्रति विभदपूर्ण ऐन नियम ल्याउन नमिल्ने विषयमा आयोग चनाखो हुनुपर्नेमा जोड दिएको थियो।

आयोगमा पहिला कर्मचारीहरु मात्रै भएकाले महिला हिंसाका घटनाहरुमा पहुँच पुग्न गाह्रो भएको, मुद्धा निरुपण गर्न असमर्थ रहेको अवस्था थियो। तर अध्यक्षलगायतका पदाधिकारीहरु नियुक्त भएकाले महिलाप्रति भएका विभेदपूर्ण र हिंसात्मक घटनाहरुलाई ध्यान दिन शुरु गरेको प्रवक्ता मीरा शेरचनले बताइन्।

यसको पछिल्लो उदाहरण हो, आयोगका पदाधिकारी बैतडी पुग्नु। युवती भागरथी भट्टको हत्या विषयमा भइरहेको अनुसन्धानबारे जानकारी लिन उनीहरु बैतडी पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *