प्रतिनिधिसभा विघटन विरूद्धकाे रिट : एमिकस क्युरीको बहस आजदेखि

डिसी नेपाल
४ फागुन २०७७ ८:२३

काठमाडाैं। प्रतिनिधिसभा विघटन विरूद्धकाे रिट उपर पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएसँगै  आजदेखि एमिकस कयुरीकाे बहस सुरू हुँदैछ।

माघ ४ बाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा मंगलबारदेखि एमिकस क्युरीले राय दिने क्रम प्रारम्भ हुनेछ। इजलासले मंलबारदेखि एमिकसको धारणा सुन्ने जनाउ दिइसकेको छ ।

अदालतको आदेशअनुसार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट पाँच जना एमिकस क्युरीका रूपमा सिफारिस भएका छन्। नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेललाई एमिकसमा सिफारिस गरेको छ।

उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतलाई राय दिनेछन्। एमिकस क्युरिको रायपछि करिब एक हप्तामा फैसला आउने  बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *