स्थानीय तहसँग मिलेर काम गर्न मन्त्री तुम्बाहाङ्फेको आग्रह

डिसी नेपाल
४ फागुन २०७७ २३:२९

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय भवनको आज उद्घाटन गरेकी छन् । मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट उनले मालपोत र नापी कार्यालय उद्घाटन गरेकी हुन् । सो अवसरमा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिइन् । उनले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गर्दै कानूनभन्दा बाहिर गएर कसैले केही गर्न नपाउने बताइन् ।

केन्द्रमा भूमिसम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहोर्याउँदै स्थानीय तहसँग मिलेर काम गर्न उनले आग्रह गरिन् । आयोगमा मालपोत र नापीका प्रमुख पनि जिल्ला समितिमा रहनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *