लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छः नेता गुरुङ

डिसी नेपाल
५ फागुन २०७७ २३:११

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

नेकपा प्रचण्ड–माधव समूह लमजुङले आज बेंसीशहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले त्यसलाई सच्याउनेमा आफू आशावादी रहेको बताए । उनले भने, “लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *