एक मिनेटमा करिव १० प्रतिशत बढेको इन्फ्रास्ट्रकचरको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं। इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेका छ। आइतबारबाट नेप्सेमा कारोबार सुरु भएको बैंकको सेयर मूल्य बिहिबार (आज) कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको सेयर मूल्य ९ दहमलव ८६ प्रतिशतले बढेको हो।
अहिले कम्पनीको शेयर मूल्य ९दशमलव ८६ प्रतिशतले बढेर ५ सय ४६ पुगेको छ।
हाल कम्पनीको अत्यधीक कारोबार भइ रहेको देखिएको छ। कारोबार सुरु भएको १ घण्टा हुन लाग्दा कम्पनीको २७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment