दिन प्रतिदिन नयाँ किर्तिमान कायम गर्दै नेप्से परिसूचक

डिसी नेपाल
६ फागुन २०७७ १५:५६

काठमाडौं। साताको कारोबारोको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से बिहीबार २५ अंकले बढेको छ। बिहिबार २५ दशमलव २३ अंकले बढेको परिसूचक २ हजार ६ सय ३६ अंकमा बन्द भएको छ। यो विन्दु सेयर बजार इतिहासकै सबैभन्दा उच्च हो। पछिल्लो समय नेप्से परिसूचक दिनप्रतिदिन नयाँ नयाँ किर्तिमान कायम गर्दै आएको छ।

बिहिबार २ सय ६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता सेयर ८ अर्ब ७६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। समूहगत रुपमा हेर्दा बैंकिङ २३, ब्यापार ७२, होटल ४, विकास बैंक ६२, जलविद्युत १८, फाइनान्स ५, उत्पादन २० र अन्य ५३ अंकले बढेका छन्।

निर्जीवन बीमा समूह ५०, जीवन बीमा १०९ र माइक्रोफाइनान्स समूह २८ अंकले घटेका छन्।

ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ९ दशमलव २५ प्रतिशतले बढ्यो भने चन्द्रागिरि हिल्सको मूल्य ८।८ प्रतिशतले बढ्यो।

सर्वाधिक एनआइसी एसिया बैंककोे ५६ करोड रुपैयाँ बराबरको कारोबार भयो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *