लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट जोगाउन ताजा जनादेशमा जानु परेको हो : प्रधानमन्त्री ओली

डिसी नेपाल
७ फागुन २०७७ १२:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट जोगाउन ताजा जनादेशमा जानुपरेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रणाली भित्रैबाट अस्थिरता सिर्जना गर्न खोजिएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए।

‘प्राणाली भित्रैबाट अस्थिरता खोज्ने प्रवृतिलाई निष्तेज गर्न, लोकतन्त्रलाई कुबाटो तर्फ धकेल्ने चेष्टालाई आगाडि जान नदिन अहिले मुलुक फेरि नयाँ निर्वाचन तर्फ अग्रसर भएको छ,’ सम्बोधनको क्रममा प्रधानमन्त्रीले भने, ‘नयाँ निर्वाचनको तयारीका लागि सबै निकायहरुले आ–आफ्नो भूमिका जिम्मेवारी पूर्वक बहन गर्न हुन म आग्रह गर्दछु।’

प्रधानमन्त्रीले कुनैपनि हिसाबले लोकतन्त्रलाई अलमलमा पार्ने प्रयासहरु कहीँ कतैबाट पनि हुन नहुने बताए। ‘निर्धारित समयमा निर्वाचन हुनेछ, गरिनु पर्छ,’ ओलीले भने, ‘देशलाई अस्तिरतबाट जोगाउने र स्वस्थ जनअभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधि सम्बध ढंगले अगाडि बढ्ने बाटो ताजा जनादेश नै हौ। तसर्थ यस बाटोबाट अगाडी बढ्न आग्रह गर्दछु।’

हरेक वर्ष फागुन ७ मा मनाइने प्रजातन्त्र दिवसलाई युगान्तकारी र गौरवपूर्ण दिनको रुपमा स्मरण गर्ने गरेको प्रधानमन्त्रीले बताए। उनले भने, ‘नेपाली जनताको लोकतन्त्र, स्वतन्त्रता, विकास, सामाजिक न्याय र समानता र समृद्ध एवं सुखि जिवनको चाहाना, प्राप्तिको निम्ति निष्कृय आकांक्षा हैन सक्रिय प्रयत्न र प्रयासको परिणमस्वरुप नै यो दिनलाई पाएका छौं।’

बितेका ७ दशकमा नेपाल मात्र नभएर विश्व नै समुन्नत बन्दै गएको ओलीको भनाइ थियो। शान्ति, विकास सामाजिक न्याय र समानताको पक्षमा, देशभित्रका नागरिक र अरु देशहरुबीच पनि समानताका लागि थुप्रैकाम गर्न बाँकी रहेको प्रधानमन्त्रीको भनाइ थियो।

‘लोकतान्त्रिक प्राणाली भन्दा अर्को बाटो उपयुक्त हुन सक्दैन,’ उनले भने, ‘प्रजातन्त्र दिवसको अवसरमा समूर्ण शान्तिपूर्ण लोकतान्त्रिक प्राणालिमा आस्था र विश्वास बढाउन र अगाडी बढ्न आग्रह गर्दछु।’

‘संघीय लोकतान्त्रिक गणतन्त्र निर्जिव प्राणाली नभई सजिव र गतिशिल प्राणाली भएको ओलीको भनाइ थियो। यो प्राणलीलाई व्यवहारको माध्यामबाट सुदृढ, जिवन्त र अझै खदिँलो बनाउँदै लिएर अगाडी जानु पर्छ,’ ओलीले भने।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *