प्रतिनिधिसभा विघटन मुद्दाकाे वहस सकियो

डिसी नेपाल
७ फागुन २०७७ १४:२४

काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिका बहस सकिएकाे छ। शुक्रबार एमिकस क्युरीका पाँच जनाकाे बहस सकिएको हो। अन्तिम दिन एमिकस क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन्।

वहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि सुनुवाइ सुरु भएको थियो। सुरुका १३ दिन रिट निवेदक पक्षका ७२ कानुन व्यवसायीले बहस गरेका थिए। त्यसको जवाफमा प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल र निजी कानुन व्यवसायी गरी ४८ जनाले ९ दिन बहस गरेका थिए।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्। प्रधानमन्त्री केपी ओलीको सिफासिमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *