म ओली सरकारमा मन्त्री हुन जान्नः वामदेव गौतम

डिसी नेपाल
७ फागुन २०७७ २०:२९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू ओली सरकारमा नजाने बताएका छन्।

गौतमले प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा केपी ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्दै भ्रामक समाचार लेखेकोप्रति आपत्ति जनाउँदै भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् ।

‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ’, गौतमले विज्ञप्तिमा भनेका छन्, ‘मेरा सबै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएपछि गौतम एकता अभियानमा छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *