निर्मलाको हत्याराको नजिक छौँ : गृहमन्त्री थापा

डिसी नेपाल
८ फागुन २०७७ १५:४६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले निर्मला पन्तको हत्याका नजिक पुगेको बताएका छन्। विराटनगरमा भएको नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले निर्मला पन्तको हत्याराका नजिक पुगेको बताएका हुन्।

उनले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभालाई विघटन गरेर ताजा जनादेशका लागि जानु परेको जिकिर गरे। उनले अवसरवादीका कारण सरकार संकटमा परेको बताए । भ्रष्टचारीहरुलाई आफ्नो कार्यकालमा सबैभन्दा बढी कारवाही गरेको बताए। उनले भने, ‘हिजो टोले गुण्डा, नाइकेहरुको विगविगी थियो। यो कार्यकालमा त्यो हरायो। अपराधिहरु पनि थुप्रै पक्राउ परेका छन्।’

प्रधानमन्त्रीलाई उदृत गर्दै थापाले भने, ‘अपराधिहरुलाई पानीमूनि गए पनि छोडिने छैन।’ उनले भागरथीको हत्यारा समाउन सरकार सफल भएको उनले बताए। थापाले अपराधिहरु भन्दै सम्बोधन गरेर कसैलाई पनि छुट नहुने चेतावनी समेत दिएका छन्।

यद्यपी, थापाले निर्मला पन्तको हत्याराको नजिक पुगेको भन्ने कुरा पहिलो पटक बोलेका भने होइनन्। यसभन्दा पहिला पनि उनले पटकपटक यो शब्द बोल्दै आएका छन्। तर, अहिलेसम्म निर्मला पन्तको बलात्कारी पक्राउन गर्ने भने सरकार असमर्थ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *