कङकङ चिल सात वर्षपछि नेपालमा

डिसी नेपाल
९ फागुन २०७७ ७:१८

काठमाडौँ । कङकङ चिल सात वर्षपछि नेपाल आएको छ । सन् २०१३ मा देखिएको यो चिल सात वर्षपछि नेपालमा देखिएको हो । पृथ्वीको उत्तरी भूभाग चीनलगायतका देशमा रमाउने कङकङ चिललाई ह्वाइट टेल इगल भनिन्छ ।

सिकारी चराविद् डा. तुलसी सुवेदीले जाडो छल्न बसाइँसराइ गरेर नेपाल आउने क्रममा अन्नपूर्ण क्षेत्रको ठूलो खर्कमा यो चिल भेटिएको बताए ।उनले भदौपछि बसाइँसराइ गरेर नेपाल आउने सिकारी चरामध्ये दुर्लभ मानिने यो चरा विगत सात वर्षसम्म भने नेपालमा नभेटिएको जानकारी दिए ।

उनका अनुसार यस पटक पनि जम्मा एउटा मात्र कङकङ चिल बसाइँ सरेर नेपाल आएको होध्र हिमाली भेगमा जाडो बढेपछि तल झर्ने यो चिल नेपालको पहाडी भेगको सिमसार क्षेत्रमा रमाउने गर्छ । सन् २०१३ अघि पनि थोरै सङ्ख्यामा आउने गरेको थिया । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *