१५ जना सृजनशील युवा, जसले बनाए १९ वटा रोबर्ट

डिसी नेपाल
१० फागुन २०७७ ७:०८

काठमाडौं। समुदायमा रोबोटिक्स र टेक्नोलोजीलाई प्रवर्द्धन गर्न इनोभेटिभ घर नेपाल नामक गैरसरकारी संस्थाका १५ युवा लागिपरेका छन्। उनीहरु सन् २०१५ सालदेखि रोबोटिक्स र टेक्नोलोजीको विस्तारमा लागेका हुन्।

विगत लामो समयदेखि रोबोटिक्स र टेकनोलजीलाई प्रवर्द्धन गर्दै आएका युवाहरुले १९ वटा प्रोजेक्ट बनाएका छन्। उनीहरुले ती १९ वटा रोबर्टको नामसमेत दिएका छन्।

उनीहरुले बनाएका जनमैत्री मल्टिपल कलेजमा सुरक्षा मन्त्र रोबर्ट, भावन आर्टमा ढुङा मन्त्र रोबर्ट र स्याङजा ‘वीर कोट नगरपालिका’मा डिजिटल डस्ट्बिन नामक रोबर्ट रहेका छन्।

त्यसैगरी, अनलाइन नगरपालिका सफ्टवेयर, भेकल सिम्युलेटर नेपाल आर्मी ट्रान्सपोटेशन बाटालियनमा, अडियो गाइड टुर सिस्टम, स्मार्ट पार्किङ सिस्टम, भिजिटर सिमुलेटर, भिजिटर्स सर्भिस् रोबर्ट, ड्रोन सर्भिस् फर जिआईएस मयाप्लिङ एण्ड भिडियो सुट्, यूभिसी एयर डक्ट्, यूभिसी बेष्ट रुम सेनिटाइजेसन सिस्टम, डाबर सेनिटाइजेसन सिस्टम, रिबन कटिङ रोबोटिङ आम, फेस रिकोनाइजेशन एटेन्डेन्स सिस्टम, मल्टिप्रोज रोबोर्ट, फुड डेलिभरी रोबोर्ट, मोबाइल ट्वाइलेट, मोबाइल थ्रिएटर फुड अर्लि वार्निङ सिस्टम नामक रोबर्टहरु रहेका छन्।

इनोभेटिभ घर नेपालका जनसम्पर्क प्रबन्धक सुगम ढकालले गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे (प्रेम दिवस)को दिन रोबोटिक्स र क्लबिङ अनुभव गराउने उद्देश्यले ”द राइज अफ भ्यालेन्टीना ” इभेन्ट तयार पारेको  बताए।

उक्त क्लबले रोबर्टद्वारा भ्यालेन्टाइन डेको कार्यक्रम आयोजना गरिको थियो। उनका अनुसार रोबोटिक्सले भ्यालेन्टाइन डे मनाएको नेपालमै पहिलो घटना हो। नाइट क्लबमा रोबर्ट ब्याटलहरू प्रस्तुत गरेको घटना धेरै अनौठो र नेपाललमा पहिलो पटक भएको उनले बताए।

भ्यालेन्टाइनको दिन मिस भ्यालेन्टीनाले कार्यक्रममा पाहुनालाई अभिवादन, टेम्परेचर मापन, सेनिटाइजर वितरण, विज्ञापन प्रदर्शन र स्थान नेभिगेट लगायतका कार्य गरेको थियो। उनले भने, ‘हामीले गरेको कार्यक्रम फोरेनहाइट क्लबमा गरेको एक्टमै सफल रहेको थियो। हामी सो कार्यक्रम पृथ्वी इभेन्ट नेपाल र यती टेकसँगको समन्वयमा सम्पन्न गरेको हो।’

कार्यक्रमको मुख्य लक्ष्य नै अन्य दिनहरु भन्दा नयाँ अनुभव दिन मानिसहरु सामु रोबर्ट पुर्याएको हो। उनले भने, ‘त्यस दिन हामीले क्लबिन र टेक कार्यक्रमको फ्यूजन गरेका थियौं। रोबर्ट ब्याटल र अन्य प्राविधिक चीजहरुको अनुभव रोबर्टद्वारा धेरैले गरेका थिए।’

ढकालका अनुसार समुदायमा कसलाई के चाहिन्छ त्यही अनुसारका रोबर्टहरु निर्माण गर्दै जाने बताए। उनले भने, ‘हामीले लकडाउनको समयमा पनि त्यसले बसोबास गर्दै आएका मानिसहरु धेरै डराएका बेला एउटा ताररहित रोबर्ट बनायौं। त्यसले बिरामीलाई खानेकुरा बोकेर कोरोनाको बिरामीलाई पुर्याउने काम गर्न मिल्ने बनाएका थियो। बिरामीको बेडसम्म खानेकुरा पुर्याउने, त्यहाँ भएको डस्बिन भरिएपछि फेरिदिने लगायत काम गरेको थियो।’

समुदायमा रोबोटिक्स र टेक्नोलोजीलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित भएको इनोभेटिभ घर नेपालले अहिले सफ्टवेयर, हार्डवेयर, शिक्षालगायत आवश्यक क्षेत्र अनुसारको रोबर्ट तयार पार्ने जनाएको छ।

उनका अनुसार अहिले ठमेल क्षेत्रका दुई चार होटलहरुका लागि सेनिटाइजर डिस्पेंसर (ढुङा मन्त्रा) रोर्बट तयार हुँदैछ। उनले भने, ‘हामीले प्रस्तुत गरेको प्रोजेक्ट दुई–चार होटलहरुले एकदमै मन पराएका छन्। ठमेल क्षेत्रका होटलहरुले यस्ता किसिमको नयाँ कुराहरु ल्याउन समेत उत्साहित रहेका छन्। के कसरी पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ भन्ने हिसाबले प्रोजेक्ट बनाउन भनिरहेका छन्।’

प्रोजेक्ट तयार भएपछि होटल व्यवसायीहरुसँग कुरा गर्ने भन्दै ढकालले केही होटल व्यवसायीहरुको रोबर्टसम्बन्धमा राम्रो प्रतिक्रिया दिएकाले उनीहरुले भने बमोजिम रोबर्ट तयार पार्ने बताए। तर, गुनासो गर्दै उनले भने, ‘नेपालमा बसेर काम गरिरहेका छौं तर कसैले प्लेटफर्म पाएका छैनौं, कसले के गरिरहेको छ, त्यस्तै इनोभेटिभ घर नेपालले के गरिहेको छ थोरै व्यक्तिहरुलाई मात्र थाहा छ। तर, हामी यसलाई निरन्तरता दिन भने छाड्ने छैनौं।’

उनले भने, ‘अहिले टीम वर्क भएर काम गरिरहेका छौं, हाम्रो उद्देश्य रोबोटिक्स र टेकनोलजी नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा लैजाने हो।’ तर उनका अनुसार अहिलेसम्म विदेशबाट कुनै पनि प्रोजेक्ट आएको छैन। उनीहरुको चाहना अन्तराष्ट्रियस्तरमा आफूले बनाएको रोबर्ट लैजाने भए पनि त्यो भने पूरा भएको छैन। उनले भने, ‘हाम्रो उद्देश्य भनेको नै नेपाललाई टेक्नोलोजी क्षेत्रमा विकास गर्ने र अन्तर्राष्ट्रियस्तरमा लैजाने हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *