सर्वोच्चको फैसला ऐतिहासिक : झलनाथ खनाल

डिसी नेपाल
११ फागुन २०७७ १९:३५

काठमाडौं। नेकपा (प्रचण्ड–माधव नेपाल) समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसललाई ऐतिहासिक भनेका छन्।

न्याय, सत्य, संविधान र कानुनी राज्यको पक्षमा सर्वोच्चको फैसला आएको भन्दै वरिष्ठ नेता खनालले डिसी नेपालसँग भने, ‘सर्वोच्चको फैसलाले सविधानको सर्वोच्चतालाई स्थापित गरेको छ।’

उनले कुनै पनि व्यक्तिको तानाशाहीले मुलकु चल्दैन भन्ने सर्वोच्चको फैसलाले स्पष्ट पारेको उल्लेख गर्दै सर्वोच्चको नेपालको इतिहासमा नेपालको इतिहासलाई गअग्रगतिमा लैजाने लोकतन्त्र, गणतन्त्र र जनताको जनादशेको रक्षा गर्ने आधार तयार भएको बताए।

उनले अबका १३ दिनभित्र सबै लोकतान्त्रिक राजनीतिक शक्तिसँग गहिरोसँग छलफल गरी भावी रणनीति तय गर्ने उनले जनाए। सबभन्दा पहिला नेकपालाई एकजुट पार्ने काम सुरु गर्ने वरिष्ठ नेता खनालले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *