नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बालुवाटारमा जारी

डिसी नेपाल
१२ फागुन २०७७ १२:३७

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछिको अवस्थाका विषयमा छलफल गर्न नेकपा ओली समूहको स्थायी कमिटी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा भावी रणनीतिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले समग्र स्थितिको विषयमा सदस्यहरुलाई जानकारी गराएका छन्। आफूले राजीनामा नदिने बरु संसदको सामना गर्ने बताएका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुँदैछ भन्ने कुराको पूर्व जानकारीसमेत आफूले पाएको बताएका छन्।

सरकार र आफ्नो दल लोकतान्त्रिक भएकाले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्ने तर, त्यसले मुलुकको राजनीतिक समस्या समाधान नहुने धारणा ओलीले राखेका छन्।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल उर्जामन्त्री टोपबहादुर रायमाझी, सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाललगायतका सदस्यको उपस्थिति रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *