शान्ति स्थापनाका लागि सेना तयार

डिसी नेपाल
१२ फागुन २०७७ १४:४८

काठमाडौं। नेपाली सेनाले देशमा शान्ति सुव्यवस्था गर्न आफूहरु तयार अवस्थामा रहेको बताएको छ। बुधबार डिसी नेपालसँग कुराकानी गर्दै सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले संविधानमा भएको व्यवस्था अनुसार शान्ति, सुव्यवस्था स्थापनार्थ आफूहरु तयार रहेको बताएका हुन्।

उनले भने “संविधानमा हाम्रो कर्तव्य र अधिकारको स्पस्ट उल्लेख छ। त्यहि संविधानको परिधिभित्र रहेर हामीहरु तयार अवस्थामा छौँ। सुरक्षा परिस्थिति अनुसार जनतालाई सुरक्षा दिन सेना हमेसा तयार अवस्थामा छ।”

आवश्यक समन्वय, शान्ति र सु–व्यवस्था कायम गर्न सेना सदैव तयार अवस्थामा रहेको उनको भनाई छ।

प्रधान न्यायधीशसँग भएको प्रधानसेनापतिको भेटलाई प्रवक्ता पौडेलले राजनीतिक भन्दा नितान्त फरक रहेको प्रतिक्रिया दिएका छन्। संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा केही दिन अघिमात्रै प्रधान न्यायधीश चोलेन्द्र शमसेर जबरलाई भेट्न प्रधानसेनापति पूणचन्द्र थापा सर्वोच्चमा अदालतमा पुगेका थिए।

यद्यपी उक्त भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न किसीमका टिकाटिप्णी भएका थिए। तर, जग्गा हस्तान्तरण सम्बन्धी कामले प्रधान सेनापती प्रधानन्याधीषलाई भेट्न पुगेको सेनाले आधिकारीक रुपमा जनाईसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *