पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ। । सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग माग गर्दै अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न रिट निवेदक र सरकार दुवै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ ।
प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए । यद्यपी, फैसला आउनुअघि नै पशुपतिमा बुधबार एक सय आठ किलो सुनको जलहरी राखिसकिएको छ।
प्रतिक्रिया
Facebook Comment