प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सकियो, सबै विरोध कार्यक्रम रद्द

डिसी नेपाल
१२ फागुन २०७७ १७:१०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहकाे स्थायी कमिटीको बैठक सकिएको छ । बुधबार बसेको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको बताउँदै संविधान र लोकताको रक्षा गरेको बताएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको भोलीपल्ट पेरिसडाँडामा बसेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका सबै विरोध कार्यक्रम रद्द भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओली आत्मालोचनासहित रुपान्तरण नभएसम्म एकता नहुने पनि बताएको छ । बैठकपछि सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले भने,‘ पार्टी एकतामा प्रहार गर्ने, गुट र फुटमा रमाउने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मलोचक ढंगले नयाँ रुपमा प्रस्तुत नगरेसम्म एकता हुन् सक्दैन ।’

प्रधानन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने भन्दै राजीनामा नदिए संविधान अनुसार अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, ‘फैसला आउनेबित्तिकै हामीले प्रधानमन्त्रीले राजीनामा दिन भनेका छौं । अहिलेसम्म राजीनामा आएको छैन त्यसो नभएको अवस्थामा सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अगाडि बढ्छ ।’

यसैगरी बैठकले आफूहरूले गरेको आन्दोलनमा सहभागिता जनाएकोमा आभार प्रकट गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताए।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *