तत्काल उपत्यका छाडेर नजान र बाहिर रहेका सांसदहरुलाई आउन प्रचण्ड–नेपाल समूहको निर्देशन

डिसी नेपाल
१२ फागुन २०७७ १८:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले उपत्यका बाहिर रहेका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन र यहाँ भएका सांसदहरुदलाई जानकारी बिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवन नम्बर २ मा रहेको नेकपाको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा १३ दिनभित्र संसद बैठक बस्नुपर्ने भएकाले लामो कार्यक्रम बनाएर बाहिर नजान तथा जानै परे जानकारी गराएर मात्र जान निर्देशन दिएको नेतृ रामकुमारी झाँक्रीले डिसी नेपाललाई जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल भएको छ। साथै, बैठकले प्रतिनिधिसभा विघटनको विरुद्दमा आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *