प्रचण्ड र माधव नेपाल नेतृत्वमा सरकार ‘गोरु ब्याएर बिगौती खान खोजेजस्तै’

डिसी नेपाल
१३ फागुन २०७७ १२:१४

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई असंवैधानिक भन्दै उल्ट्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन सक्ने र प्रचण्ड वा माधव नेपालको नेतृत्वमा अर्को सरकार गठन हुन सक्ने अड्कलबाजी चलिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार गठनको सम्भावना शुन्य बराबर भएको बताएका छन् । उनले यो सम्भावनालाई ‘गोरु ब्याएर बिगौती खान खोजेजस्तै’ भएको टिप्पणी गरेका छन् ।

बिहीबार बिहान सामाजिक संजाल फेसबुकमा एक पोस्ट गर्दै थापाले लेखेका छन् ‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको । अरू हेर्दै जाऔं ।’ यसअघि पनि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्यालगत्तै पनि थापाले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बरु संसद ‘फेस’ गर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *