झण्डै २ करोड रुपैयाँ मूल्यको लागूऔषधसहित नेपाली युवा भारतमा पक्राउ
काठमाडौं। झण्डै २ करोड रुपैयाँ मूल्यको लागूऔषध तस्करी गरेको अभियोगमा एक नेपाली युवा भारतमा पक्राउ परेको त्यहाँको प्रहरीले बुधबार बताएको छ । स्थानीय प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोली ले भारत–नेपाल सीमामा नियमित चेकजाँच गर्ने क्रममा यहाँस्थित रुपैडिहा क्षेत्रमा नेपाली युवा रोशन धमाललाई पक्राउ गरेको द न्यू इण्डियन एक्सप्रेसले जनाएको छ ।
पुलिस एसपी विपिन मिश्रले भने, ‘सुरक्षाकर्मीले नेपालगन्ज निवासी धमालको साथबाट ११८ ग्राम स्म्याक बरामद गरेका छन् । बरामद गरिएको लागूऔषधको मूल्य १ करोड १८ लाख भारतीय रुपैयाँ (१ करोड ८८ लाख ५० हजार नेपाली रुपैयाँ) रहेको बताइएको छ ।’ एसपी मिश्रले भारतमा रहेका धमालका लिंकहरुबारे पनि अनुसन्धान गरिरहेको बताए।
प्रतिक्रिया
Facebook Comment