महिला लघुवित्तको आईपीओ बाँडफाँट, यी माध्यमबाट हेर्नुहोस

डिसी नेपाल
१४ फागुन २०७७ १०:३६

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको हो।

क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५ सय जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको जनाएको छ।

लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५ सय ९० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो।

सर्वसाधारणले मेरो सेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *