आर्को वर्ष बिहे गर्दै अर्जुन-मलाइका !

डिसी नेपाल
१९ कार्तिक २०७५ १५:४७

एजेन्सी । बलिउडमा बिहेको सिजन चलिरहेको छ । दीपिका-रणवीर, प्रियंका-निक पछि अब अर्जुन कपुर र मलाइका अरोडाबीच पनि बिहे हुने बताइएको छ ।

पछिल्ला दिनहरुमा मलाइका र अर्जुनको सम्बन्धले निकै चर्चा पाएको छ । इटालिमा मलाइकाको जन्मदिन मनाएर यो जाडी भारत फर्केपछि यो सम्बन्धले थप चर्चा पाएको हो । उनीहरुले इटालिमा मलाइकाको जन्म दिन मनाएको बताइन्छ ।

इन्डियाज गट ट्यालेन्ट कार्यक्रममा करण जौहरले मलाइकालाई जन्म दिन मनाउँदा को थियो साथमा भनेर प्रश्न गरेको एक भिडियो भाइरल बनेको थियो । मलाइका सो प्रश्नको जवाफ दिनुभन्दा पनि त्यसलाई विषयान्तर गरिरहेकी थिइन् ।

यसैबीच हालै करण जौहरको कार्यक्रम कफि वीद करणमा मलाइका विशेष गेष्टका रुपमा आइन् । सो कार्यक्रममा करणले मलाइकालाई संकेत गर्दै बिहे गर्न लागेको भनेका थिए । यसमा मलाईकाले करणलाई चुप लाग्न संकेत गरिरहेकी थिइन् ।

उमेर ४५ वर्ष नाघेकी मलाईका आफूभन्दा करिब १५ वर्ष कान्छा अर्जुनको प्रेममा परेपछि बलिउडमा हंगामा भएको छ । यही सम्बन्धका कारण मलाइका र अबराज खानबीच डिभोर्स भएको बताइन्छ । गत वर्ष मलाइका र अरबाजबीच डिभोर्स भएको थियो ।

सो डिभोर्सको कारण अर्जुन कपुर भएको बताइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *