सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सुरु

डिसी नेपाल
१९ फागुन २०७७ १७:१४

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच बालुवाटारमा दोस्रो चरणको वार्ता सुरु भएको छ। सरकारको तर्फबाट गृहमन्त्री रामबहदुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई साथै बिप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने (दिपक)ले वार्ताकाे नेतृत्व गरेका छन।

यसअघि पहिलो चरणको वार्ता बुधबार बिहान भएको थियो। गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका छन्। उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बताएका छन्।

दुवै समूहले मंगलबार वार्ताटोली गठन गरेका थिए । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *