विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

डिसी नेपाल
२० फागुन २०७७ १९:१३

काठमाडौं । सरकाले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध फुकुवा गरेको छ। बीहिबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमतिलाई अनुमोदन गर्दै प्रतिबन्ध फुकुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।

बुधबारदेखि औपचारिक वार्तामा बसेका सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएको थियो। यो सहमतिसँगै सरकारले बिहीबार नै प्रहरीलाई विप्लव समूहका नेता कार्यकर्ता पक्राउ नगर्न निर्देशन दिएको छ।

तीन बुँदे सहमतिमा विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यममार्फत गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने तथा सम्पूर्ण बन्दीलाई रिहाइ गर्ने र मुद्दा खारेजी गर्ने सहमति भएको छ।

सहमतिको विस्कृत विवरण शुक्रबार दिउँसो दुई बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमति भएको छ। यो सहमतिसँगै विप्लव समूह खुला राजनीतिमा आएको छ। दुई वर्ष अगाडि विप्लव समूहका गतिविधिलाई शंकास्पद भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *