नेकपा ओलीसमूहले बोलायो संसदीय दलको बैठक

डिसी नेपाल
२० फागुन २०७७ १९:५६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलीसमूहले फागुन २२ गते दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । फागुन २३ गते संसद बैठक बस्ने भएकाले त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओलीसमूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

‘संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्रीले २२ गते दिउँसो ३ बजे बैठक बोलाउनुभएको छ। अब कसरी जाने भन्ने बैठकमा निर्देशन हुन्छ’ उपनेता नेम्वाङले भने । उनका अनुसार नेकपाका सबै सांसदलाई एसएमएसमार्फत सूचना दिइएको छ ।

प्रचण्ड माधव समूहले भने बिहिबार सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *