विप्लव समूह सहमतिमा आउनु सेफ ल्यान्डिङ हो : प्रधानमन्त्री ओली

डिसी नेपाल
२१ फागुन २०७७ १६:२९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँगको सहमति सेफ ल्यान्डिङ भएको टिप्पणी गरेका छन्। नेकपा विप्लव समूहसँगको सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विप्लव नेतृत्वको पार्टीले कुनै फोर्स ल्यान्डिङ, क्रस ल्यान्डिङ नभई सेफ ल्यान्डिङ गरेको बताएका हुन्।

कार्यक्रमा बोल्दै उनले यो सम्झौता राज्य र पार्टीका तर्फबाट भएको ठूलो ऐतिहासिक कदम भएको बताए। उनले नेपाल शान्तिपूर्ण यूगमा प्रवेश गरेको र अब कुनै द्वन्द्वरत पक्ष नभएको बताए। अब नेपालमा कुनै द्वन्द्वरत पक्ष नभएको उनले बताए। प्रधानमन्त्री ओलीले ‘नेपाल शान्तिपूर्ण देश हो र शान्तिपूर्ण देश’ रहने बताए।

उनले नेकपासँगको सहमतिलाई विशेष उपलब्धीको संज्ञा दिए। विप्लवसँगको वार्ताको सुरुवातको जग ८–१० वर्ष पहिले नै भएको स्मरण गर्दै उनले त्यो जग आज यस ठाउँमा पुगेको बताए।

तीनबुँदे सम्झौतालाई पालना गर्न राज्य प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले जेलमा रहेका सबै छुट्ने शिलशिला सुरु भइसकेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *