५२ थान चोरीका मोबाइलसहित ४ जना पक्राउ

डिसी नेपाल
२१ फागुन २०७७ १९:२५

काठमाडौं । ५२ थान चोरीका मोबाइलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौं  बौद्ध ठेगाना भएका २७ वर्षीय दिपेश श्रेष्ठ, चितवन भरतपुर  घर भएका २९ वर्षीय अमित राना मगर र काठमाडौं असन बस्ने ३३ वर्षीय बिक्रम शाही रहेका छन् ।

कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपास्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागि पठाउन लागेको एमआई कम्पनीको Redmi Note 9 मोबाईल सेटहरु फागुन २ गते दिउँसो डल्लुबाट कालीमाटी हुँदै काठमाडौं परोपकार जाने क्रममा परोपकारस्थित सडकमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिहरुले कार्टुन भित्र रहेको उक्त मोबाईल सेटहरु चोरी गरेका थिए ।

उक्त मोबाइलहरू काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरीस्थित मोबाईल पसल सञ्चालन गरी बस्ने जहिर अन्सारीलाई भेटाई ५ लाख ५० हजार रुपैयाँ नगदमा बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त जनसेवाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चोरी गरी लगेको उक्त ५२ थान मोबाईल सेटहरू सहित पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *