प्रधानमन्त्री ओली नेतृत्व नेकपा संसदीय दलको बैठक आज बस्ने

डिसी नेपाल
२२ फागुन २०७७ ७:२५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा संसदीय दलको बैठक बस्ने भएको हो।

औपचारिक विभाजन नभए पनि नेकपाको दुबै समूहले छुट्टाटुट्टै संसदीय दलको बैठक गरेका छन्। शुक्रबार प्रचण्ड–नेपाल समूहको नेकपा संसदीय दलको बैठक बसेको थियो। बैठकले प्रचण्डलाई संसदीय दलको नेतासमेत चयन गरेको छ।

दुबै समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो संसदीय दलको बैठकमा उपस्थित हुन अनुरोध गर्न उनकै निवास पुगेका थिए।

भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् । नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन् । उनी पार्टी एकताको अभियान चलाइरहेका छन् ।

प्रचण्ड–नेपाल समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ । नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदको मत लिनुपर्छ ।

नेकपाका प्रतिनिधिसभामा १७२ र राष्ट्रियसभामा ४९ सस्दय छन्। प्रतिनिधिसभामा सभामुख र एक जना मृत्यु भएका सांसद गरी जम्मा १७४ सदस्य र राष्ट्रियसभामा अध्यक्षसहित जम्मा ५० जना सदस्य रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *