तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर

डिसी नेपाल
२२ फागुन २०७७ २०:३६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानी स्वास्थ्य चौकीमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा भएको उक्त शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी, आँखा, छाला, तथा सामान्य गरी कूल ८४६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

परीक्षण गरिएका बिरामीमध्ये मुटु रोगका नौ र स्त्री रोगका तीनसहित १५ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले उनीहरूलाई पालिका र त्रिवि शिक्षण अस्पतालले निःशुल्क उपचार गरिने अध्यक्ष पौडेलले बताए । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ७५ स्वास्थ्यकर्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको तातोपानी स्वास्थ्य चौकीकी प्रमुख अनमी ज्ञानु थापाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *