नेकपा विवादको प्रभाव : कार्यव्यवस्था परामर्श समितिको बैठक नबस्ने

डिसी नेपाल
२३ फागुन २०७७ १३:२१

काठमाडौं। दुई समूहमा विभाजित भएको नेकपाको विवादका कारण कार्यव्यवस्था समितिको बैठक नबस्ने भएको छ। प्रतिनिधिसभा बैठक बस्नु अघि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन हुन्छ। तर सत्तारुढ दल नेकपाभित्रको विवादका कारण कार्यव्यवस्था समितिको बैठक प्रभावित भएको हो।

केही दिन अगाडि नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको नेताको हैसियतमा यसअघिका प्रमुख सचेतक देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक तोकेका थिए।

त्यसलगत्तै बसेको नेकपा प्रचण्ड–माधव नेपाल समूहको बैठकले विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतका कारवाही गर्ने निर्णय गरेको थियो। सोको जानकारी प्रचण्ड–नेपाल समूहले संसद सचिवालयलाई जानकारी समेत गराएको छ।

तर कानुनी रुपमा नेकपा एउटै पार्टी भएका कारण कार्यव्यवस्था परामर्श समितिका कसलाई बोलाउने र कसलाई नबोलाउने भन्ने विषयमा अन्योल भएपछि सभामुख अग्नि सापकोटाले बैठक नै नबोलाउने भएका हुन्।  कार्यव्यवस्था परामर्श समितिको बैठक नबस्ने भएपछि आज बस्ने प्रतिनिधिसभाको बैठकमा बाध्यात्मक एजेण्डामात्र पेश हुने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *